हेर से असक्तनसँग ‘लभ स्टेसन’ ट्रेलरको दृश्य मिलेपछि (भिडियो सहित)

फिल्म । आउँदो चैत्र २२ गतेबाट फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आउंदैछ । फिल्मको ट्रेलर केहि दिन अगाडी मात्र राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरपछी यसलाई राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । गोविन्द शाहीको निर्माण रहेको फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहेको छ भने यसलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

कमर्सियल फिल्म बनाउन माहिर मानिने निर्देशक घिमिरेको ट्रेलरले चर्चा पाईरहदा देखाइएको केहि दृश्यहरु टर्कीमा निर्माण भएको फिल्म ‘हेर से असक्तन’ सँग डिट्टो मिल्छ । जसिताले बाटो क्रस गर्ने लाग्दा प्रदीप गाडीमा आउँछन र हर्न बजाउछन् यो दृश्य फिल्म ‘हेर से असक्तन’ मा ७ मिनेट ७ सेकेण्डमा आउँछ । टर्किस फिल्मका अभिनेता र प्रदीपले चलाएको गाडीको स्वरूप पनि उस्तै देखिन्छ । यस दृश्यलाई जस्ताको त्यस्तै सारिएको छ भन्नेमा दुइ मत नहोला । यो मात्र होइन फिल्ममा ट्रेलरमा ४९ सेकेन्डमा देखाइएको पिठो मुछ्दै गरेको दृश्य पनि फिल्मको २० मिनेट ५१ सेकेन्डमा देखिन्छ , यी दुइको सेटअपमा खासै भिन्नता छैन ।

तपाइले आफैले पनि फिल्म हेरेर दृश्यसँगको मेललाई बुझ्न सक्नु हुनेछ । फिल्म नै प्रभावित छ या केहि दृश्य मात्र मेल खाएको हो , यो भने फिल्म युनिट नै जानुन् तर यसरि हुबहु दृश्य मिल्नु भने पक्कै सुखद पक्ष होइन । यस विषयमा फिल्मका निर्देशक घिमिरेसँग बुझ्न खोज्दा फोन सम्पर्क हुन् सकेन । युट्युबमा ट्रेलरलाई सकारात्मक प्रतिक्रिया नै प्राप्त भइरहेको छ भने यसलाई ११ लाख बढी भ्युज प्राप्त भइसकेको छ ।

Facebook Comments