कस्तो अनुभव गर्दैछिन् दिव्या ?

फिल्म । नव अभिनेत्री दिव्या रायमाझीले पहिलोपटक पत्रकार सम्मेलनमा आउँदा नयाँ अनुभव संगालेको बताएकी छिन् । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले दुई फिल्ममा अभिनय गरेता पनि फिल्म ‘पिताम्बर’ मार्फत पहिलोपटक पत्रकारसँग साक्षात्कार गरिन् ।

उनले भनिन्,‘यस किसमको कार्यक्रम मेरो लागि पहिलो हो । मैले पाएको माया र स्वागत अद्भुद छ । यद्यपि स्टारकिड भएपछि फिल्ममा प्रवेश गर्न सहज भएपनि अपेक्षा बढी हुने रहेछ । त्यो भएर मैले आफ्नो सय मात्र नभई दुई सय प्रतिशत काम देखाउनु पर्ने चुनौती छ । म फिल्ममा आउन चाहन्थे, आएकी छु, निकै खुसी छु ।’

उनले आफूले अभिनय गरेका दुई फिल्मले आफ्नो छुटै नाम स्थापित गर्ने विश्वास व्यक्त गरिन् । फिल्मम प्रदीप खड्का, दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, रविन्द्र झा, विशाल पहाडी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्