फिल्म । आउँदो असार १३ गतेबाट फिल्म ‘आप्पा’ प्रदर्शनमा आउंदैछ । सार्वजनिक ट्रेलरले फिल्मको कन्टेनको केहि झलक दिएको छ । आप्पा र छोरा बीचको कथालाई देखाइएको फिल्ममा आप्पाको भूमिकामा दयाहाङ राई छन् भने छोराको भूमिका सिद्धान्तराज तामाङ्गले निर्वाह गरेका छन् । सिद्धान्तको मात्र होइन् , यो फिल्म उनको अपोजिटमा रहेकी अल्लोना काबो लेप्चाको पनि हो । कालिङ्ग्पोङ्गकी अलोनाले फिल्म अगाडी केहि भिडियोमा काम गरिसकेकी थिइन् , तर पनि उनलाई फिल्ममा सुरुवाती दिनमा भने सहज भएन ।
‘मलाइ धेरै समय देखि अनमोल दाइले (निर्देशक अनमोल गुरुङ) ले फिल्म खेल्नु पर्छ है भनिरहनु हुन्थ्यो’ उनले डेब्युका दिनलाई सम्झिन । अनमोलको चिनजान अल्लोनाको फ्याम्लीसंग पनि थियो । त्यसैले फिल्म अगाडी नै एक म्युजिक भिडियोमा पनि संगै काम गरिसकेका थिए । साथै , फिल्ममा काम गर्ने भएपछी अल्लोनाको चिनजानसंगै मित्रता पनि भइसकको थियो , सिद्धान्तसंग । अनमोल यी दुइको केमेष्ट्रीलाई लिएर निकै सतर्क थिए । तर , जब फिल्ममा मुख्य भूमिका दयाले निभाउदैछन् भन्ने थाहा भयो , अल्लोना केहि नर्भस भइन् ।
‘मलाइ लाग्याथ्यो निकै गाह्रो होला काम गर्नलाई किनकी उहा नेपालको अग्रणी कलाकार तर भेटेपछि पुरै फरक पाए’ उनले भनिन् । दया नै अल्लोनासंगै सिद्धान्तका पनि एक्टिंगमा सल्लाहकार बने । ‘दया दाइले हामीलाई निकै मार्गनिर्देश गर्नु भयो , उहाकै कारणले निकै सहज भयो ।’ दयासंग वर्कसपमै राम्रो घुलमिल भएपछी छायांकनमा सहज भयो । यतिमात्र होइन उनलाई सिन गर्ने क्रममा पनि सहज भएन । ‘सानोमा त आफैले फिल्मका डायलग बोल्ने गर्थे तर एक्लै अनि एना अगाडी तर त्यो क्यामेराको अगाडी भिडमा गाह्रो हुने रैछ’ उनले भनिन् । तर , भूमिका भने उनले आफु जस्तो छ त्यस्तो नै पाइन् ।
‘कहिले काही त्यो क्यारेक्टरको सबै हाउभु मसंग मिल्ने रैछ भन्ने लाग्थ्यो , पछि थाहा पाए त्यो मलाइ नै हेरेर लेखिएको रहेछ भन्ने’ उनले भनिन् । आप्पापछि उनि नेपाली फिल्मनगरीमा नै आफुलाई निरन्तरता दिने सोचमा छिन् । ‘सोच छ , अब के हुन्छ आउँदो दिनले नै बताउला उनले भनिन् । उनले फिल्ममा काव्याको भूमिका निर्वाह गरेकी छिन् । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा कमेडीसँगै पछिल्लो पुस्तामा देखिने समस्यालाई चित्रण गरिएको निर्देशक गुरुङ बताउछन् ।
फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की लगायतको पनि प्रमुख भूमिका छ । निर्देशक अनमोलले नै लेखेको फिल्मको कन्सेप्टलाई पर्दामा उतार्न उनलाई सहज थिएन । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।











