सलमान फर्किए आफ्नै लयमा

19 Shares

फिल्म । आउँदो डिसेम्बरमा सलमान खानको दबंगको तेस्रो सिरिज आउंदैछ । सलमानको जन्मदिन भन्दा एक हप्ता अगाडी आउने फिल्मले दर्शकको साथ् पाउनेमा दुइ मत छैन । विशेषत सलमानको फिल्म डिसेम्बर महिनामा ‘टाइगर जिन्दा है’ पछि आउँदैछ । सलमानले आउँदो इदमा भने ‘राधे’ फिल्म ल्याउने भएका छन् । उनको हिट फिल्म ‘वान्टेड’ को सिक्वेलको रुपमा लिईएको फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । साथै सलमानलाई ‘राधे’ को क्यारेक्टरमा वान्टेड अगाडी ‘तेरे नाम’ मा पनि रुचाइएको थियो ।

यसपटक सलमान राधेको अवतारमा झनै फिट देखिन मेहनतरत छन् । पछिल्लो केहि फिल्महरु ट्युबलाइट , भारत लगायतमा देखिएपछी सलमान पुनः आफ्नै पथमा अगाडी बढेका छन् । सोसल ड्रामा जनरका दुइ फिल्मलाई दर्शकको कम साथ् मिलेपछि सलमानले आफुलाई एक्सन अवतारमै प्रस्तुत गर्ने निर्णय गरेका हुन् । त्यहि अनुरुप उनको दबंग ३ पछी राधे आउँदै छ ।

त्यसपछि उनले किकको सिक्वेलको छायाँकन सुरु गर्ने खबर भारतीय मिडियामा छ । फिल्मलाई सलमानका भाइ सोहेल खान तथा उनका ज्वाई अतुल अग्निहोत्रीले मिलेर निर्माण गर्नेछन् । आउँदो सन् २०२० को इदमा रिलिज गर्ने गरि सलमानले यसको काम अगाडी बढाएका छन् । फिल्ममा सलमानको जोडी दिशा पटानी हुनेछिन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया