फिल्म । डिजिटल प्लेटफर्ममा रिलिजको तयारीमा रहेको फिल्म ‘लक्ष्मी बम’को नाम परिवर्तन गरिएको छ । हरर-कमेडी जनराको फिल्ममा बलिउडका खिलाडी अभिनेता अक्षय कुमार शिर्ष भूमिकामा छन् । ‘लक्ष्मी बम्ब’ नामको बिषयमा करणी सेनाले विरोध जनाएपछि नाम परिवर्तन गरेर ‘लक्ष्मी’ राखिएको छ । हिन्दु समुदायको भावनामा ठेस पुर्याएको भन्दै करणी सेनाले फिल्म टिमलाई कानुनी सुचना मार्फत पनि चेतावनी दिईसकेको छ ।

फिल्ममा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन्। राघव लरेन्सको निर्देशनमा बनेको फिल्म बिहीबार सेन्सरबाट पास भएको छ। सेन्सर सदस्यहरूसँगको छलफलपछि धार्मिक भावनालाई ध्यानमा राख्दै नाम परिवर्तन गरिएको निर्माण पक्षले बताएको छ । हालै मुकेश खन्ना लगायतका केही कलाकार र मानिसहरूले सिनेमाको शीर्षकमाथि प्रश्न उठाएका थिए। फिल्ममा अक्षयसँगै कियरा आडवाणीको मुख्य भूमिका छ । (एजेन्सी)










