‘डिग्री माइला’ दोस्रो सातामा : ५ करोडमाथि कमाएको दाबी

फिल्म । गत चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ ।

‘हाम्रो फिल्मले अपेक्षाकृत व्यापार नै गरेको हो । किनकि यो हाम्रो शृंखला थिएन र अघिल्ला फिल्म भन्दा फरक प्रस्तुतीकरण थियो । त्यसैले हामीले यसबाट धेरै अपेक्षा कबड्डी शृंखला जस्तो अपेक्षा थिएन’, निर्माता पोखरेलले भने ।

आयोजित कार्यक्रममा अभिनेता दयाहाङ राई, विजय बराल, अनिल सुब्बा, सोमनाथ खनाल, कमलमणि नेपाल लगायत उपस्थित थिए । पत्रकार सम्मेलनमा निर्देशक रामबाबु गुरुङ भने उपस्थित थिएनन् ।

कमेन्ट गर्नुहोस्