‘नेपाली फिल्ममा इन्भेष्ट गर्न तयार छौँ’

फिल्म । अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन तत्परता देखाएको छ । एक अवार्डमा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

‘ब्लुचिप’ का सिइओ रविन्द्रनाथ सोनीले ग्लोबल विषयमा नेपाली फिल्म बनाउन कम्पनि तयार रहेको जनाएका हुन् । ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं’ रविन्द्रनाथले भने ।

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवर्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । उनले भने, ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ ।’

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । यस कम्पनिले बलिउड फिल्महरु ‘सूर्यवंशी’, ‘८३’ सँगै लगायत साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्