भन्सालीको फिल्ममा सलमान र प्रियंका ?

फिल्म । सलमान खान पछिल्लो समय फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । उनको अपोजिटमा फिल्मा छिन कट्रिना कैफ । तर सलमानले कट्रिना अगाडी फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने सोचाइ बनाएका थिए । प्रियंकाले विवाहको कारण देखाउदै अन्तिम समयमा फिल्म गर्न नसक्ने बताइन । त्यसपछी बलिउडका भाइजान सलमान र देसी गर्ल प्रियंका सम्बन्ध चिसिएको खबर बि-टाउनमा चर्चामा थियो । तर प्रियंकाको विवाहमा आयोजित रिसेप्सन पार्टीमा सलमान देखिएपछी यी दुइको सम्बन्ध सुधिएको चर्चा हुन् थाल्यो ।

यतिबेला यी दुइले संजयलीला भन्सालीको निर्देशनमा तयार हुने फिल्ममा अभिनय गर्ने चर्चा बि-टाउनमा छ । संजय र सलमानले फिल्म गर्ने सहमति जनाईसकेपछी यतिबेला हिरोइनको खोजि भइरहेको छ । संजयले सलमानको अपोजिटमा दीपिका पादुकोण कास्ट गर्ने तयारी गरिरहेको खबर पनि नआएको होइन तर उनले प्रियंकासँग पनि कुरा अगाडी बढाएका छन् । यसको संकेत प्रियंकाले कफी विथ करणमा गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्