दिशालाइ ‘हट गर्ल’ को ट्याग

फिल्म । पछिल्लो समय बलिउडमा उदाउदै गरेकी एक्ट्रेस हुन , दिशा पटानी । मोडलिङमै सिमित रहदा एक्टर टाइगर श्राफकी प्रेमिकाको ट्याग पाएकी दिशाले एमएस धोनी र बागी २ जस्ता फिल्म मार्फत आफ्नै पहिचान बनाइसकेकी छिन । पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा काम गरेकी दिशा तस्वीरकै कारण चर्चामा आएकी दिशाले मलंगमा लिड रोल पाइन् । फिल्ममा देखिएकी बोल्ड दिशालाई दर्शकले रुचाए । फिगरको कारण चर्चामा आउने दिशाको जारी लकडाउनमा तस्बिर भाइरल भइरहेको छ ।

उनले आफ्नो सामाजिक सञ्जालमा समुन्द्री किनारको तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनि बिकिनीमा छिन् । उनले यो तस्बिर पोष्ट गरेसँगै सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आफ्नो बडीलाई सेक्सी लुक्स दिन सफल दिशाले ध्यान केन्द्रित गर्न सफल भएकी छिन् । फ्यानले उनलाई ‘वाह दिशा’ , ‘हट दिशा’ भन्दै सोसल मिडियामा मेन्सन गर्न थालेका छन् । केहि फ्यानले त उनलाई ‘हट गर्ल’ पनि भन्न थालेका छन् । त्यसो त उनि बेलाबखतमा बिकिनी अवतारमा कारण चर्चामा आइनै रहन्छिन् । जिरो फिगरको कारण चर्चामा आउने दिशा बि-टाउनमा चर्चाको विषय बन्ने गरेकी छिन । (एजेन्सी)

View this post on Instagram

🌸🌊

A post shared by disha patani (paatni) (@dishapatani) on

कमेन्ट गर्नुहोस्