‘२.०’ पाइरेसी भएपछी १२ हजार वेवसाइट बन्द

बलिउड । भारतीय फिल्म ‘२.०’ रिलिज भएको छ । फिल्म कस्तो छ भन्ने चासो सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मले पहिलो दिन बक्स अफिसमा कति कलेक्सन गर्यो भन्ने तथ्यांक त आइसकेको छैन तर फिल्मले पछिल्ला सबै रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।

फिल्मले बिहान देखि नै राम्रो प्रतिक्रियाहरु बटुलिरहेको छ । फिल्मले राम्रो समिक्षा पाएसँगै यसलाई हेर्ने दर्शकको चाहना बढ्दो छ । यसैलाई मध्यनजर गर्दै फिल्म अनलाइनमा लिक भएको छ । फिल्म तमिल रकर्स डटकम मार्फत लिक भएको हो । फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ । तर फिल्म लिक हुनु अगावै निर्माण कम्पनि लाइका प्रोडक्सनले अदालतमा मुद्दा दायर गरेको थियो । पाइरेसी गरिएको फिल्म देखाउने वेवसाइटलाई बन्द गरि पाउ भन्ने मुद्दामा बिचार गर्दै मद्रास हाइकोर्टले १२ हजार ५ सय भन्दा बढी वेवसाइट बन्द गर्ने निर्देशन दिएको छ ।

अदालतले ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनिलाई डाटा सहित साइट बन्द गर्ने निर्देशन दिएको हो । किनकी फिल्मले गरिरहेको ब्यापारमा यसले असर गर्ने पक्का छ । फिल्ममा प्रयोग भएको प्रविधि र यसमा देखाइएको इमोसनलाई दर्शकले रुचाएका छन् । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मलाई भारतले गर्व गर्नु पर्ने दर्शकले बताएका छन् । फिल्ममा अक्षय कुमार भाडभैलो ल्याएपछि नष्ट गरिएको चिटी डाक्टर वसिकरणले फेरी तयार गर्छन , त्यसपछिका दृश्य मनमोहक छन् । फिल्ममा एमी पनि रोबर्टको भूमिकामा छिन । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्