भिडियो तर्फ प्रदीप

4 Shares

गसिप । रिलिजको मुखैमा आएर प्रदीप खड्काको ‘प्रेमगीत ३’ रोकियो। अब फिल्म अर्को चैतमा मात्र रिलिज हुने चर्चा छ। कोभिड–१९ का कारण सुटिङ हुने फिल्म पनि रोकिएको छ। यसरी प्रदीप फिल्मको कामबाट पूरा फुर्सदमा छन्। यही फुर्सदको समयलाई उनले म्युजिक भिडियोमा सदुपयोग गर्न थालेका छन्। लकडाउनकै बीचमा उनले दुइटा म्युजिक भिडियोको सुटिङ भ्याइसकेका छन् र नयाँ कुरा, प्रदीपले यिनै दुइटा म्युजिक भिडियोबाट यो क्षेत्रमा डेब्यू गरेका हुन्।

उनले केही अघि ‘सुनौलो दिन फर्किनेछ’ बोलको गीतमा अभिनय गरेका थिए भने हालसालै ‘जय जय नेपाल’ बोलको गीतमा अभिनय गरे । हिजोको दिनमा प्रदीप म्युजिक भिडियो नखेल्ने भनेर बसेका थिए। तर, यहाँ आफ्नो वचनमा को नै टिक्न सकेको छ र, प्रदीप टिकून् ! (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्