‘वान एमबी फेरी त्यो दिन’ नेपाल टुर गर्दै सुगम

7 Shares

संगीत । पछिल्लो समय पप गीत भन्दा पनि पार्श्व गायन मार्फत दर्शक तथा श्रोताको मनमा राज गरिरहेका गायक सुगम पोखरेलको ‘वान एमबी फेरी त्यो दिन’ नेपाल टुर हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ ।

जुलाई १२ मा पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ मा बुटवलको द कन्सेप्ट, जुलाई १५ मा नारायणगढको ग्यालेक्सी एम्पायर, जुलाई १७ मा इटहरीको इम्पेरियल, जुलाई १९ मा धरानको भिन्टेज हुँदै जुलाई २६ मा काठमाडौँको प्ले बोई क्लबमा हुनेछ । काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ ।

कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । यसअघी काठमाडौँ टुँडिखेलमा सुगमसंगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको आयोजक फेम नेपालले जनाएको छ ।

Facebook Comments