डिप्रेशनमा नेहा

संगीत । पछिल्लो समय इण्डियन आइडल सिजन १० को जज बनेपछि चर्चामा आइन , नेहा ककड़ । आफ्नो गायकी र ग्लामरछविको कारण मिडियाको नोटिसमा परिरहने नेहाले आफ्नो गायनको सुरुवात इण्डियन आइडलवाट नै गरेकी थिइन् । पछिल्लो समय गायनमा सफलता पाउदै अगाडी बढिरहेकी नेहाले आफु डिप्रेशनमा त्ताहेको स्वीकारेकी छिन ।

पछिल्लो समय प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भएपछी नेहा डिप्रेशनको शिकार भएकी हुन् । उनले इन्स्टाग्राममा स्टोरी अपडेट गर्दै आफ्नो अवस्था जनाउदै उनले हिमांशु खुसि होस् भनेकी छिन । उनले स्टोरीमा आफ्नो मनको बह पोखेकी छिन । तर नेहाले आफु बिस्तारै आफ्नै डेली लाइफमा छिटै फर्किने बताउदै नेक्स्ट शोको लागि गोवाटी पुग्ने जनाएकी छिन । नेहाले स्वर दिएको पछिल्लो गीत ‘आँख मारे’ चर्चामा छ ।

कमेन्ट गर्नुहोस्