संघले डिजिटल प्लेटफर्म मनायो स्थापना दिवस

फिल्म । चलचित्र पत्रकार संघ नेपालले २१ औं वार्षिकोत्सव तथा १८ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस डिजिटल प्लेटफर्मबाट मनाएको छ । संघले लकडाउनको कारण वर्तमान अवस्थालाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्ममा वार्षिकोत्सव सम्पन्न गरेको हो । संघका संस्थापक अध्यक्ष अमेरिकामा रहनु भएका भरत शाक्य, पूर्व अध्यक्षहरु विदुर गिरी र शान्तिप्रिय, संघका सल्लाहकारहरु विजयरत्न तुलाधर र डब्बु क्षेत्री ,निर्वतमान अध्यक्ष सन्दिप सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

कोभिड–१९ को महामारी रोगबाट सुरक्षित रहनका आग्रह गर्दै अध्यक्ष दिनेश सिटौलाले यसवर्ष स्थगित गरिएको कार्यक्रमलाइ अवस्था सामान्य भएपछी निरन्तरता दिने बताए । ‘हाम्रो अहिले प्राथमिकता स्वास्थ्य सुरक्षा नै हो , हामी त्यसमै केन्द्रीत रहनेछौ । हामी हाम्रा सदस्यलाई लक्षित गर्दै दोस्रो चरणको राहत छिटै वितरण गर्नेछौ’ अध्यक्ष सिटौलाले भने ।

यसैगरी संघका सदस्यहरुको कोरोना परिक्षण , फ्रन्टलाइनमा रहेका सदस्यहरुलाई सुरक्षाका उपाए र विमा गर्ने तयारीमा संघ रहेको महासचिव समिर बलामीले बताए । संघले आफ्नो वार्षिकोत्सवको अवसरमा शाखाका अध्यक्षहरुसँगै चलचित्र बिकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदय, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत फिल्मनगरीलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुको शुभकामना लिएको थियो ।

कमेन्ट गर्नुहोस्