फिल्म । अभिनेता आर्यन सिग्देलले दर्शकले खोजे जस्तो फिल्म ‘डिसेम्बर फल्स’ बनेको बताएका छन् । फिल्ममा समावेश पहिलो गीत ‘फकाउनै जानिन’ सार्वजनिक कार्यक्रम बोल्दै अभिनेता सिग्देलले लभस्टोरीसँगै द्वन्द्वको मिश्रण ‘डिसेम्बर फल्स’ मा पाउने बताउनुभयो । ‘दर्शकले खोजिरहनु भएको फिल्म बनेको छ । कही कतै सम्झौतानगरी तयार गरिएको छ । टिजर त हाम्रो झल्क मात्र हो । धेरै तथ्य ट्रेलरले खुलाउने छ’, अभिनेता सिग्देलले भने ।
लभरब्वाईकै रुपमा रुचाइदा उनले नाईके र अलविदा जस्ता द्वन्द्वप्रधान फिल्ममा अभिनय गरेका थिएँ । आउँदो पुष १५ मा प्रदर्शन हुने फिल्ममा उनको को-स्टार उपासना सिंह ठकुरी छिन् । उनले अभिनेता सिग्देलसँग काम गर्दा धेरै टेक्निक सिक्न पाएको बताइन । ‘मलाई आर्यन सर लभरब्वाईकै क्यारेक्टरमा राम्रो लाग्नु हुन्छ । उहाँसँग काम गर्दा धेरै सिक्ने अवसर पाएँ’, अभिनेत्री ठकुरीले भनिन् ।
प्रवीण ओझाको निर्देशन रहेको फिल्ममा आर्यन र उपासनासँगै नरेश भट्टराई, सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।











