माफी मागिन् ईशाले

फिल्म । बलिउड अभिनेत्री ईशा गुप्ताले माफी मागेकी छन् । आर्सनल फुटबल क्लबकी कट्टर समर्थकको रूपमा परिचित गुप्ताले साथीसँग गरेको ह्वाट्स एप च्याटको स्क्रिनसर्ट फोटो बाहिरिएपछि उनले माफी माग्नुपरेको थियो । बाहिरिएको फोटोमा उनको साथीले सो क्लबका नाइजेरियन खेलाडी एलेक्स इवोबीलाई ‘गोरिल्ला’ र ‘नियान्डर्थल’ भनेर सम्बोधन गर्दै क्रमिक विकास रोकिएको भनेर ठट्टा गरेको देखिन्छ ।

जसमा अभिनेत्री गुप्ताले ‘हा हा हा’ लेखेर रिप्लाई गरेकी थिइन् । सो फोटोलाई अभिनेत्री गुप्ताले ३४ लाख फलोअर रहेको आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि उनी विवादमा तानिएकी थिइन् । जातिवादीको अभिव्यक्तिलाई अभिनेत्री गुप्ताले ठट्टाको विषय बनाएको भन्दै फुटबल समर्थकहरूले आक्रोश प्रकट गरेका थिए । ( एजेन्सी )

कमेन्ट गर्नुहोस्