सोमबारदेखि ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन रोकिने

फिल्म । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपालको बक्सअफिसमा समेत सुनामी ल्याएको छ । पहिलो दिन नै आक्रामक व्यापार गरेको फिल्मले आगामी दिनमा पनि राम्री व्यापार गर्ने सङ्केत देखाएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै हलहरुले भएभरको शो उपलब्ध गराएका छन् । जसले गर्दा प्रदर्शनरत नेपाली फिल्म न्यून शोमा खुम्चिएका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ को शो कम भएपछि निर्माण पक्षले यसको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । शनिबार निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै आगामी सोमबार अर्थात् मंसिर २४ गतेदेखि फिल्मको प्रदर्शन स्थगन गरिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठीक त्यही अवस्थामा आइपुगेका छौं ।’

‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचिसकेको छ । यो फिल्ममा दर्शक बढेपछि हलले ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ को शो पनि न्यून बनाएका थिए । यद्यपि उनीहरुले फिल्म उतारेका थिएनन् ।

कमेन्ट गर्नुहोस्