विजयको ‘बिस्ट’ जोडी पुजा

फिल्म । साउथ इन्डियन स्टार विजय थल्पथी आफ्नो नयाँ फिल्म ‘बिस्ट’ का कारण चर्चामा छन् । आफ्नो पछिल्लो फिल्म ‘मास्टर’ को सफलतापछी उनले आफ्नो जन्मदिनमा घोषणा गरेको फिल्मको लागि सुन्दरी एक्ट्रेस पुजा हेग्ड़ेको नाम अगाडी आएको छ । बलिउड फिल्ममा पनि लगातार काम गरिरहेकी उनले केही समय अगाडि अभिनेता प्रभाससँग फिल्म ‘राधे श्याम’ को छायांकन पूरा गरेकी थिइन् । अब उनी तमिल सुपरस्टार विजयसँग फिल्म ‘बिस्ट’ मा काम गर्ने तयारीमा छिन् ।

यो फिल्मका लागि उनले चार करोड पारिश्रमिक लिएसंगै साउथ इन्डस्ट्रीमा चार करोड पारिश्रमिक बुझ्ने थोरै अभिनेत्रीमा अटाएकी छिन् । गतवर्ष लकडाउन खुलेपछि रिलिज भएको विजयको फिल्म ‘मास्टर’ ले सय करोड बढीको व्यापार गर्न् सफल भएको थियो । विजयको नयाँ फिल्म ‘बिस्ट’ लाइ नेप्ल्सन दीलिपकुमारले निर्देशन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्