आमिरको फिल्मले रेकर्ड त बनायो , तर …

बलिउड । दिपावलीलाई लक्षित गर्दै रिलिज गरिएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फस्ट डे रेकर्ड बनाउन सफल भएको छ । फिल्मले शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’को ४४ करोड ९७ लाखको रेकर्ड तोड्दै पहिलो दिन नै ५२ करोड २५ लाख कलेक्सन गरेको छ । तर यसले समिक्षा भए राम्रो बटुल्न सकेन ।

आमिर खान अभिनित भएकोले फिल्मले समिक्षा पनि राम्रो बटुल्ने अनुमान धेरैको थियो तर यसलाई समिक्षकले मन पराएनन । आमिरको करियरकै ‘झुर’ फिल्म भनेर समेत केहि फिल्मकर्मीले लेखेका छन् । पहिलो दिन रेकर्ड ब्रेकको ब्यापार गरेता पनि दोस्रो दिन यसको ब्यापारमा कमि आएको छ । फिल्मले दोस्रो दिन २८ करोडको आसपासमा मात्र कलेक्सन गर्न सफल भएको छ ।

निर्माण कम्पनि यशराज फिल्म्सले यसलाई भारतमा ५ हजार स्क्रिनमा रिलिज गरेको थियो । जसमध्य ४५ सय हिन्दि र बाकी तमिल र तेलुगु भाषामा रिलिज भएको थियो । फिल्ममा आमिरसँगै अमिताभ बच्चन पनि छन् । विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको फिल्ममा कट्रिना कैफ , फातिमा शेख लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्