फिल्म । पछिल्लो समय चम्किला अभिनेतामा पर्छन आयुष्मान खुराना । एकपछि अर्को फिल्ममा उनले दर्शक र समिक्षकको मन जित्दै अगाडी बढिरहेका छन् । यिनै आयुष्मान अभिनित फिल्म हो ,’बधाई हो’ । सोसल ड्रामामा निर्मित फिल्मले दर्शकको मन जित्यो । सन् २०१८ मा रिलिज भएको यो फिल्मको सिक्वेल बन्ने भएको छ ।
निर्माण लागत २३ करोड भारू रहेको फिल्मले करिब २२२ करोड भारू कमाइ गरेको थियो । यसैले गर्दा पनि यसको सिक्वेल बन्नेमा दुइ मत थिएन । तर , सिक्वेलमा आयुष्मान भने हुनेछैनन् ।
सन् २०२१ मा रिलिज गर्ने तयारीसँगै सिक्वेल भनिएको ‘बधाई दो’ को छायाँकन आउँदो जुनबाट सुरु हुनेछ । फिल्ममा राजकुमार राव र भुमि पेड्नेकरको मुख्य भूमिका रहनेछ । फिल्ममा राजकुमारले पुलिस कपको भूमिका निर्वाह गर्नेछन् भने भुमिले पिटी शिक्षिकाको । यी दुइको सोसल ड्रामालाई हर्षवर्धन कुल्करनीले निर्देशन गर्नेछन् । यो खबरले सिक्वेल बन्ने उत्साहसंगै आयुष्मान नहुने कुराले फ्यानलाई केहि दु:खी भने बनाएको छ । (एजेन्सी)












