स्वस्तिमाको नयाँ फिल्म निश्चलसँग ?

2K Shares

फिल्म । प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’ मा अभिनय गरेकी स्वस्तिमा खड्काले आफ्नो सामाजिक सञ्जालको स्टोरीमा आफ्नो आठौ प्रोजेक्टको बारेमा पोस्ट गरेकी छिन् । उनले स्टोरीमा आफुले पाएको स्क्रिप्टलाई पोष्ट गरेकी हुन् । उनले आफ्नो फ्यानलाई गेस गर्न आग्रह समेत गरेकी छिन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेपछि उनले गर्ने फिल्मको चर्चा नहुने त कुरै भएन ।

केहि समय अगाडी उनले निश्चल बस्नेतको निर्देशनमा बन्ने भनिएको फिल्म ‘दिमाग खराब’ काम गर्ने संकेत गरेकी थिइन् । पछिल्लो समय हेमराज विसीको निर्देशनमा तयार फिल्म ‘घामड शेरे’ पछि निश्चलकै जोडी बनेर उनि दिमाग खराबमा देखिने चर्चा फिल्मनगरीमा छ । त्यसो त निश्चल र स्वस्तिमाको जोडीलाई लिएर सिमोश सुनुवारले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि नचलेको होइन । तर उनि दीपकराज गिरी र दीपाश्री निरौलाको समुहसंग काम गर्ने तयारीमा पनि छन् ।

स्वस्तिमाको सातौं फिल्म ‘हजार जुनीसम्म’मा उनले ‘सिक्किमे युवती’ को भूमिका निभाएकी छन् । प्रदर्शनको दुई दिन फिल्मको व्यापार औसत रह्यो । शनिबार भने देशभर राम्रो रहेको जानकारी प्राप्त छ । कमर्शियल र आर्ट दुबै प्रकारको फिल्म गर्न रुचाउने स्वस्तिमाले ‘हजार जुनीसम्म’ हलमा प्रदर्शन भइरहँदा नयाँ फिल्ममा अनुबन्ध भएकी छन् ।

कमेन्ट गर्नुहोस्