भाईको विदाईमा भावविह्वल हमाल (फोटो / भिडियो

79 Shares

फिल्म । नेपाली फिल्मका अभिनेता राजेश हमालका भाई राकेश हमाललाई विदाई गरेका छन् । बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएका उनको शुक्रवार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागवत्ति दिएका थिए । शुक्रवार भारतबाट उनको शव नेपाल ल्याइएको थियो ।

सुनौली नाका हुदै नेपाल ल्याइएको शवलाई त्यहाँबाट काठमाण्डू ल्याइएको थियो । भाईको शव बुझ्न अभिनेता राजेश हमाल आफन्तको साथमा त्रिभुवन विमानस्थलमा पुगेका थिए । भाईलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनी भावुक बनेका थिए । भाई स्वर्गीय भएको खबर सुन्ना साथ् भावविह्वल भएका उनि भाईको शव हेर्दै उनी पटक-पटक भक्कानिएका थिए । राकेश अभिनेता हमालका एक मात्र भाई हुन् ।

निर्माण व्यवसायी तथा समाजसेवी राकेश हमाललाई अन्तिम श्रद्धाञ्जली दिन फिल्मकर्मीदेखि राजनीतिज्ञहरु पशुपति आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएका कारण उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासंगै केन्द्रीय सदस्यहरु शेखर कोइराला र सुजता कोइरालाले संयुक्त रुपमा नेपाली कांग्रेसको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय राकेशलाई केही दिनअगाडि कलेजोले काम गर्न छाडेपछि प्लेन चार्टर्ड गरेर कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली लगिएको थियो । एक छोरा र एक छोरीका पिता राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन् । उनको उपचारको क्रममा अस्पतालमै उनको निधन भएको थियो ।

फोटो र भिडियो : आर्यन विमली

कमेन्ट गर्नुहोस्