चाम्ससँगै फिल्मकर्मीले गरे ‘मिम नेपाल’ लाई कारवाहीको माँग

फिल्म । गत जेठ ३ गते बाट फिल्म ‘बीर विक्रम २ प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर केहि दिन अगाडी मात्र नै समिक्षा भन्दा पनि व्यक्तिगत रुपमा अपशब्द प्रयोग गरेको एक फेसबुक पेज बिरुद्ध फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले मुद्धा दर्ता गरेका छन् । फिल्मको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै गालीगलौज गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि ‘मिम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो बिरुद्ध निर्माण टिमले कानुनी प्रक्रिया अगाडी बढाएको छ । निर्देशक चाम्सले महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै उक्त बिषयको जानकारी दिएका छन् ।

‘यो नेपाली फिल्मनगरीकै अपमान हो , आफ्नो मन लाग्दी गर्न पाइन्छ’ निर्देशक चाम्सले भने । उनले ट्रोलले आफूखुसी अरुलाई आंच आउने गरि समिक्षा गर्न नमिल्ने पनि बताए । ‘हामीले निकै दुखले फिल्म निर्माण गरेका छौ , जसलाई समाजिक सञ्जालमा मनपर्दि गर्न पाइन्छ ?’ मिलनले प्रतिप्रश्न नै गरे । उनले आफ्नो कदमले आउँदा दिनमा अन्य निर्मातालाई पनि राहत दिने बताए । साथै उनले सामाजिक संजालको गलत प्रयोग फिल्म असफल पार्न गरेको भन्दै कुनै पनि हालतमा अभियुक्तलाइ छोड्न नहुने बताए । फिल्मका गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले कारवाहीको मांग गरे ।

‘कारवाहीले एउटा नजिरको स्थापना गर्छ , किनकी यो सरासर चरित्र हत्या हुने काम भएको छ’ उनले भने । उक्त भिडियोमा पत्रकारिताको कुनै नम्सनै नरहेको भन्दै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले उक्त भिडियोलाई रिभ्यु नै नभन्न मिल्ने बताए । ‘यसकिसिमको गतिविधि पत्रकारितामा नपर्ने भएकाले यस्तालाई कारवाही गर्न र यस किसिमका प्रवृतिको विरोध हाम्रो संघले गर्दछ’ उनले भने ‘कसैको व्यसाय र व्यक्तिगत जीवनलाई धरासायी बनाउने क्रियाकलाप गैरकानुनी रहेकोले कारवाही हुनुपर्छ ।’ यसकिसिमको गतिविधिला सुष्म रुपमा नियालिरहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । ‘ सोसल मिडियालाई आफ्नो खुसि प्रयोग गरेर अरुलाई आंच पुर्याउने अधिकार नरहेको ठहर गर्दै हामी तत्काल कारवाहीको मांग गर्दछौ’ उनले भने ‘यदि उक्त व्यक्तिलाई कारवाही हुदैन भने हामी निर्माताहरु एकजुट भएर अगाडी बढ्ने छौ ।’

अध्यक्ष अधिकारीले कारवाहीको विकल्प नरहेको समेत बताए । यसैगरी फिल्म निर्माता तथा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईले समिक्षा दायरामा रहेर मिडियाले गर्न पाउने बताए । ‘एउटा पेज हुदैमा जो पनि मिडिया हुदैन र मिडियाले पनि आफ्नो कानुन अनुसार चल्नु पर्छ’ उनले भने ‘ विज्ञापन नदिएकै आधारमा मनलाग्दी गर्न नपाइने कुरा बुझ्नु जरुरि छ ।’ यसैगरी निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले पनि यस्ता कार्यको विरोध गरे । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्