एन्टी हिरो बन्ने : हिरो अनमोल , एन्टी हिरो भुवन

803 Shares

फिल्म । अन्तत अनमोल केसीको हो प्रोडक्सनबाट निर्माण हुने फिल्मको नाम तय भएको छ । चलचित्र विकास बोर्डमा निर्माण कम्पनि दि सुपर काजोल फिल्मसले ‘एन्टी हिरो’ नाम दर्ता गरेको छ । फिल्ममा भुवन केसी र अनमोल देखिनेछन् भने यसलाई भुवनले नै निर्देशन गर्नेछन् ।

भुवनले यस अघि होम प्रोडक्सनकै फिल्म ‘ड्रिम्स’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । यस फिल्ममा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् ।

एक्सन-लभस्टोरी बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरिने भुवनले बताएका छन् । फिल्ममा अनमोल एक्सन अवतारमा प्रस्तुत हुनेछन् । साथै, चकलेटी भूमिकामा पनि उनी देखिनेछन् । आउँदो नयाँ वर्षको छेकोमा फिल्म प्रदर्शन हुने सम्भावना छ ।

Facebook Comments