फिल्म। फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । माघ २७ लाई प्रदर्शन तय गरिएको फिल्मको टिजर मुख्य कलाकारद्वय नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीमा केन्द्रीत छ। यसमा नायक पल शाह र नायिका पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पसँगै वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।
सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।
कमेन्ट गर्नुहोस्










