‘मुरलीधर एकल साँझ’ सम्पन्न

संगीत । उडायो सपना सबै हुरीले, तिम्रा लागि सारा जीवन तोडी दिए लगायतका दर्जनौ चर्चित गीतका गायक तथा चर्चित कलाकार मुरलीधरको एकल साँझ अमेरिकाको कोलोराडोमा सम्पन्न भएको छ । नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मुरलीधरलाई सम्मान समेत गरियो । मुरलीधर एकल साँझमा उनले आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेका थिए । उनलाई तबलाबादक नवीन श्रेष्ठ ,गितारिष्ट प्रभात मानन्धर र संगीतकार सुरेश चन्द्र प्रधानले साथ दिएका थिए । कोलोराडोमा रहेका नेपाली तथा नेपालीभाषाी भुटानीहरुले प्रस्तुतिलाई रुचाए । संगीतप्रेमीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमलाई फिल्म ‘दर्पण छायाँ २’ का निर्माता तथा समाजसेवी रवी कार्कीले अयोजना गरेका थिए । निकै भब्यताको साथ सम्पन्न भएको कार्यक्रममा गीतकार एवं कोलोराडोका लागि पर्यटन दूत साबु गदाल कार्कीले यस्ता कार्यक्रमले सांस्कृतिक प्रवर्धनमा टेवा पुर्याउने बताइन् । ‘यहाँ नेपालीगीत संगीतको माहोल राम्रो हुनुले नयाँ पिढिका लागि पनि नेपाली भाषा र संस्कृति प्रति सकारात्मक प्रभाव पार्छ’ उनले भनिन् ‘आउँदा दिनमा पनि यस्तै किसिमको कार्यक्रममा हामीले आयोजना गर्नु पर्छ ।’ मुरलीधरले पनि अमेरिका आएर प्रस्तुती दिन पाँउदा आफुलाई निकै खुशी लागेको प्रतिक्रिया दिए । ‘विदेशमा गीतसंगीतलाई यसरि माया गर्ने पाउँदा एउटा सर्जक निकै खुसि हुन्छ’ उनले भने ‘नेपाली गीतसंगीतलाई जसरी नेपालीले माया गर्ने गरेका छन् , यो तारिफ योग्य विषय छ ।’
कमेन्ट गर्नुहोस्