समर लभलाई लेखकले दिए यस्तो प्रतिक्रिया (भिडियो)

फिल्म । राजधानीमा आयोजित स्पेसल शो मा समर लभलाई रुचाइएको छ । शुक्रबार विहानै कमलपोखरीको सिटी सेन्टर स्थित बिग मुभिजमा आयोजित शो मा फिल्मलाई युनिटसंगै पत्रकारले हेरेका थिए । फिल्म हेर्ने अधिकांसले यसलाई रुचाएका हुन् । सुविन भट्टराई लिखित सर्वाधिक विक्री भएको नोभेलको रुपमा चिनीएको पुस्तक ‘समर लभ’ लाइ फिल्मको आँखाले हेर्नु पर्ने प्रतिक्रिया आइरहेको छ ।

‘फिल्म अझै राम्रो बन्न सक्ने स्थान पर्याप्त छन् तर फिल्म नराम्रो बनेको होइन , फिल्मको आँखले हेर्ने हो भने निकै राम्रो बनेको छ’ फिल्म हेरेपछि प्रतिक्रिया दिदै सुविनले भने ‘फिल्ममा केहि कुराहरु छुटेकाछन् तर त्यो आभाष हुदैन , मुस्कानजीले राम्रो काम गर्नु भएको छ ।’ फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यसमा अतितको भूमिकामा आशिष छन् भने सायाको भूमिकामा रेवती क्षेत्री छिन ।

फिल्ममा आशिष र रेवतीसंगै नम्रता सापकोटा , सुरज सिंह ठकुरी , सरोज खनाल , ओम प्रतिक , शिशिर भण्डारी लगायतको अभिनय रहेको छ । यसमा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्मको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह- निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।

कमेन्ट गर्नुहोस्