फिल्म । अभिनेता अजय देवगनको नयाँ फिल्म ‘रेड २’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो मे १ मा प्रदर्शन हुने फिल्ममा रितेश देशमुख भिलेनको रुपमा अप्रस्तुत हुँदैछन् । सार्वजनिक सामग्रीले उनी राजनीतिज्ञको भूमिकामा रहेको प्रस्ट्याएको छ ।
फिल्ममा अजय देवगन र रितेश देशमुखसँगै रवि तेजा, वाणी कपूरको पनि मुख्य भूमिका रहनेछ। यो सन् २०१८ मा आएको फिल्म ‘रेड’ को सिक्वेल हो । अब ७ वर्षपछि यसको सिक्वल दर्शकले हेर्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्










