‘घर’ बनाउँदै दिपेन्द्र ?

फिल्म । निर्देशक दिपेन्द्र के खनालले नयाँ फिल्म निर्देशनको तयारी थालेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम ‘घर’ राखिएको छ , चर्चा छ । केहि दिनमै पत्रकार सम्मेलन मार्फत जानकारी दिइने फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । फिल्म ‘ द युग देखि युग सम्म’ मार्फत निर्देशनमा डेब्यु गरेका दिपेन्द्र निर्देशित चपली हाइट , झोले , पशुपति प्रसाद लगायतका फिल्म चर्चामा थिए भने उनले नेपालकै पहिलो थ्री डी फिल्म ‘भिजिलान्ते’ निर्माण तथा निर्देशन गरेका थिए । शर्मिलाको निर्माण तथा दिपेन्द्रको निर्देशनमा यसअगावै फिल्म ‘लभ लभ लभ’ दर्शक माँझ प्रस्तुत भईसकेको छ ।

कमेन्ट गर्नुहोस्