सुन्दरी सुमी (फोटो फिचर)

फिल्म । सन् २०१२ कि मिस तामाङ सुमी मोक्तान पछिल्लो समय फिल्ममा पनि देखा परिरहेकी छिन । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ मार्फत फिल्ममा आएकी सुमीले पछिल्लो समय ‘सरौतो’ फिल्ममा आफुलाई भिन्न अवतारमा प्रस्तुत गर्दैछिन् । ग्लामरछविको कारण चर्चामा रहेकी सुमीले ‘सरौतो’ मा आफुलाई एक्सनलेडीको रुपमा प्रस्तुत गर्न लागेकी हुन् ।

यसको लागि उनले झन्डै २ वर्षसम्म आवश्यक विभिन्न ट्रेनिङ समेत लिएकी छिन । ‘मैले निकै मेहनत गरेर आफुलाई तयार गरेकी छु’ सुमी भन्छिन् ‘मेरो मेहनत तब सफल हुन्छ , जब दर्शकले मलाइ स्याबासी दिनु हुन्छ ।’ झ्यानाकुटीमा उनलाई ग्लामर लेडीकै रुपमा प्रस्तुत गरिएको थियो भने फिल्म जानी नजानीको गीत ‘एउटीलाई मुटुमा घर’ मा पनि उनि ग्लामर अवतारमै छिन । यिनै सुमीको एक्सन र रोमान्सलाई सरौतोमा देख्न पाइनेछ । केहि उत्साह र केहि आत्मविश्वास लिएर सुमीले सरौतोको छायाँकन सुरु गरिसकेकी छिन ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्