‘गुनगुन’ ट्रेलर सार्वजनिक (भिडियो)

जयहोस्फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासारलाई बुझाउने प्रयास गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका पात्र बीचको द्वन्दलाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता पुकार भट्टराई , कलाकार सुवास मेचे उपस्थित थिए । ‘हामीले निकै मेहनत गरेका छौ’ कलाकार मेचेले बोल्दै भने ‘दर्शकले फिल्म रुचाउनेमा पूर्ण विश्वस्त छौ ।’ यसैगरि फिल्मका निर्देशक र निर्मातासँगै कलाकार समेत रहेका पुकारले पनि आफ्नो अनुभवले फिल्म तयार गरेको बताए ।     उनले कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने समेत जनाए । ‘कथा सामाजिक नै हो , प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।  
कमेन्ट गर्नुहोस्