किन खोजे विजयले आलियाको नम्बर ?

फिल्म । अभिनेता विजय देवरकोण्डा पछिल्लो समय चर्चामा छन् । उनि अभिनित फिल्म ‘अर्जुन रेड्डी’ ले पाएको सफलताले उनलाई स्टार बनायो । यति मात्र होइन , उनले अभिनय गरेको फिल्म ‘गीता गोविन्दम’ ले पनि उस्तै सफलता पायो । पछिल्लो समय ‘डियर कामरेड’ मार्फत चर्चा बटुलिरहेका विजयलाई उनको आउँदो फिल्म ‘वर्ल्ड फेमस लभर’ को फस्टलुकले नै चर्चामा ल्यायो ।

यिनै विजयले बलिउडका प्रसिद्ध निर्माता तथा निर्देशक करण जोहरलाई टेक्स्ट गरेर आलिया भट्टको नम्बर मागेका थिए । पछिल्लो एक अन्तर्वातामा विजयले आफुले आलियालाई बधाईको संदेश पठाउन नम्बर मागेको बताए । ‘मैले उनको अभिनय फिल्म गल्ली ब्वाईमा हेरेपछि सुत्नै सकिन , उनलाई बधाई दिन मन लाग्यो’ उनले भने ,’उनको अभिनय प्रसंसा गर्न लायक थियो त्यसैले नम्बर मागेको हु ।’ आलियाले फिल्ममा गरेको भूमिका मार्फत दर्शक तथा समीक्षकबाट प्रसंसा बटुलेकी थिइन् । पछिल्लो समय विजय साउथ इण्डियन फिल्मसँगै बलिउडका दर्शक माँझ पनि उत्तिकै प्रिय छन् ।

विज्ञापन
कमेन्ट गर्नुहोस्