मदनलाई मन पर्यो अनमोल र सुहानाको काम

688 Shares

फिल्म । अनमोल केसी स्टारर फिल्म ‘ ए मेरो हजुर ३’ सफलताका साथ् प्रदर्शन भइरहेको छ । गत वर्षको चैत्र २९ मा रिलिज भएको फिल्मले राम्रो व्यापार गरिरहदा निर्माण पक्षले स्पेसल शोको आयोजना गरेको छ । राजधानीमा आयोजित स्पेसल शो मा फिल्म हेर्ने बाकी रहेका सेलेब्सले फिल्म हेरेका हुन् । यसै बीच फिल्म हेर्ने पुग्नु भएका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले अनमोल र डेब्यु गर्ल सुहानाको काम राम्रो भएको प्रतिक्रिया दिनु भयो । ‘अनमोल र सुहाना दुबैले राम्रो काम गरेका छन् , फिल्म पूर्ण मनोरन्जनात्मक छ’ उनले फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भने ‘भुवन र झरनाको अभिनयलाई अनमोल र सुहानाले दर्शक माँझ ताजा राख्छन ।’

उनले अनमोलको बारेमा सुनेको भएता पनि फिल्म भने पहिलो पटक हेरेको बताए । अनमोल भुवन केसीका छोरा हुन् भने सुहाना झरना थापाकी छोरी । मदनसँगै फिल्म हेर्नको लागि कोमल ओली , भुवन केसी , गौरी मल्ल , गौरव पहाडी लगायत उपस्थित थिए । सम्पूर्णले फिल्म पूर्ण मनोरन्जनात्मक राको प्रतिक्रिया दिए । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र दीर्घ खड्काको सम्पादन रहेको छ ।

Facebook Comments