सन्तोष भन्छन् ‘फिल्ममा मनोरञ्जनसँगै संदेश छ’

फिल्म । आउदो पौष २७ बाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ ले मोफसल टुर सकाएको छ । टुर अन्तर्गत मँगलबार हेटौंडामा बुधबार चितवन र बुटबलमा बिहिबार पोखरामा अन्तरक्रिया गरिएको हो । यसरि गरिएको अन्तरक्रियाले मोफसलका सञ्चारकर्मीलाई पनि फिल्मको विषयमा जानकारी गराउन सहयोग मिलेको बताएका छन् । ‘मैले फिल्म मार्फत समाजकै एक पात्रको प्रतिनिधित्व गरेको छु’ कलाकार सन्तोष पन्तले भने ‘फिल्ममा मलाइ दर्शकले फुल टाइम देख्न पाउनु हुन्छ ।’

उनले फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्ने बताए । सन्तोष झैँ वर्षा पनि फिल्मबाट आश्वादी छिन । ‘फिल्म को कथा मेरै वरिपरी घुमेको छ’ वर्षाले भनिन् ‘यसमा मलाइ उर्वसीको भूमिकामा पाउनु हुन्छ , जसले केटाहरुलाई फसाउने काम गर्छे जसले दर्शकलाई फुल मनोरंजन दिन्छ ।’फिल्मल़िया पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । डेब्यु फिल्म ‘संरक्षण’ पश्चात उनको यो दोस्रो निर्देशन हो । ‘यसमा मैले कमेडी मार्फत एउटा म्यासेज दिने कोसिस गरेको छु’ निर्देशक झा भन्छन ‘फिल्मले मनोरंजनसँगै संदेश पनि दिन्छ ।’

फिल्ममा सन्तोष र वर्षासँगै रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह, अजश्र ढुँगानाको अभिनय रहेको छ । सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो फिल्मको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । यसलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ ।

कमेन्ट गर्नुहोस्