‘मे वान’ मा श्रमिकको कथा (भिडियो)

फिल्म । श्रमिकको पीडा बोकेको लघुचलचित्र ‘मे वान’ सार्वजनिक गरिएको छ। गत मे दिवसका अवसरमा यो लघुचलचित्र युट्युबमा सार्वजनिक गरिएको हो। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिक परेका विषयलाई लिएर सन्देशमूलक रुपमा ‘मे वान’ बनाइएको हो।

यसमा दीपज्योति थापा, अनितजंग पाण्डे, विराज दुलाल र भोला सुवेदीको अभिनय छ । यसमा काम गरेबापत पारिश्रमिक नपाएको पीडा देखाउन खोजिएको छ। हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको संकेत मे वानमा गरिएको निर्माण पक्षले जनाएका छन् ।

अनिलकुमार महर्जनको सम्पादन रहेको मे वान लघुचलचित्रको कास्टिङ डाइरेक्टर वसन्त अधिकारी हुन्। कपिल खड्का र भोला सुवेदीको छायांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघुचलचित्र नेसन टीभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ।

कमेन्ट गर्नुहोस्