फिल्म । अभिनेता इरफान खान अभिनित फिल्म ‘हिन्दी मिडियम’ लाई दर्शकले रुचाएका थिए । फिल्मले शिक्षा व्यवस्थामा राम्रो व्यंग गरेको थियो । यसैले गर्दा पनि फिल्मलाई रुचाइयो । किनकी यसले यथार्थलाई फिल्म मार्फत पेश गरेको थियो । यतिबेला यसै फिल्मको सिक्वेल बन्ने चर्चा छ ।
यसको नाम हिन्दी मिडियाम २ वा इंगलिस मिडियम मध्य कुन राख्ने सोचमा निर्माण टिम रहेका छन् । तर फिल्ममा इरफानको अपोजिटमा करीना कपूर खानले अभिनय गर्ने तय भएको छ । फिल्ममा उनले इरफानको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् भने उनि पुलिस अफिसर हुनेछिन् । उनले आउँदो मे महिनाबाट यसको सेट ज्वाइन गर्नेछिन् ।
(एजेन्सी)
कमेन्ट गर्नुहोस्











