ब्रेक-अपपछिको मित्रता (फोटोफिचर)

जयहोस् । केहि समय यता आयुष्मान डिएस जोशी र पारमिता आरएल राणा विभिन्न कारण चर्चामा छन् । चपली हाइट २ मार्फत यसक्षेत्रमा डेब्यु गरेका यी दुइ भूतपूर्व प्रेम जोडी पनि हुन् । राजधानीमा आयोजित फिल्म ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक कार्यक्रममा आयुष्मान केहि अगाडी नै आए भए पारामिता कार्यक्रम सुरु भएपछी आइन । यी दुइलाई सँगै बस्ने वातावरण निर्माता माधव वाग्लेले मिलाईदिए । सँगै बसेपछि एकअर्कासँग यीदुई खुबै गफ्फिए । यसैविच ट्रेलर हेरिसकेपछि यिनलाई प्रश्न तेर्सियो , तपाईहरु ब्रेक-अप जोडी ? आयुष्मानले रमाइलो शैलीमै यसलाई स्वीकारे । उनले ब्रेकअप भएपनि आफुहरु साथी रहेको समेत प्रस्ट्याए । कार्यक्रम अवधिभर यी दुइले एक अर्कालाई साथ् दिए । फिल्ममा भने आयुष्मानको जोडी प्रियंका कार्की बनेकी छिन । पारामितासँग ब्रेकअप भएपछी आयुष्मान यातिबेला अभिनेत्री कार्कीसँग विवाह गर्ने तयारीमा छन् । यता पारामिताले पनि इङ्गेजमेन्ट गरेको खबर चर्चामा छ । यी दुइको ब्रेकअप कसरि भयो भन्ने त , यिनले खुलाएका छैनन् तर यिनको भेटघाटमा भने राम्रै मित्रता झल्किने गरेको छ । फिल्ममा परामिताको जोडी सन्दीप क्षेत्री बनेका छन् । फिल्ममा रविन्द्र झा र सुरक्षा पन्तको पनि अभिनय रहेको छ । माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने यसलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । तस्वीर : आर्यन बिमली
कमेन्ट गर्नुहोस्