छायांकनमा ‘तिम्रो मेरो साथ’

0 Shares

फिल्म । ‘मारुनी’ फिल्ममा अभिनय गरेको जोडी पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह जोडी बनेर दोस्रो फिल्म ‘तिम्रो मेरो साथ’ सुरु गरेका छन् । प्रेम कथामा आधारित रहने फिल्मको छायांकन आजबाट सुरु गरिएको छ । यस फिल्ममा निर्माण रमेश एमके पौडेलको रहेको छ भने उनै निर्देशकको रुपमा पनि यसै फिल्म मार्फत डेब्यु गर्दैछन् । फिल्ममा सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको पनि भूमिका रहेको छ ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । यसमा पासाङ लामाको निर्माण रहेको छ भने निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली सह- निर्माता छन् । फिल्ममा पटकथा तथा संवाद सबिर श्रेष्ठको रहेको छ । फिल्मले ३५ दिनको सेड्युल लिएर छायांकन सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्