गसिप । सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल हुन् शुभेच्छा खड्का । ब्युटी प्याजेन्ट होल्डर भएपछी उनलाई धेरै पटक फिल्मको अफर गयो । तर , उनले स्विकरिनन् । बरु उनले टेलिभिजन रोजिन , होस्ट गरिन् । कान्तिपुर टेलिभिजनमा भिजे बनेसँगै उनले इभेन्ट होस्टमा आफुलाई अगाडी ल्याइन । त्यसपछि उनलाई फिल्ममा आउने रहर जाग्यो ।
‘रणवीर’ मार्फत गत वर्ष डेब्यु गरेकी शुभेच्छाले फिल्ममा भने आफुलाई अगाडी ल्याउन सकिनन् । किनकी फिल्मले राम्रो गर्न सकेन् नै, उनको अभिनय क्षमताको पनि चर्चा भएन । फलतः उनलाई दोस्रो फिल्म पाउनै सकस छ । केहि समय अगाडी उनि माधव वाग्लेको डेब्यु निर्देशन रहने फिल्म ‘पारस’ मा देखिने चर्चा नचेल्को होइन , तर फिल्मको स्क्रिप्टकै काम नसकिँदा प्रोजेक्ट अगाडी बढ्न सकेको छैन ।
फुर्सदमा रहेकी शुभेच्छा व्यस्त छिन्, ब्वाइफ्रेन्ड अनुप सापकोटासँग समय बिताउन । इन्स्टामा उनको दैनिकीले यही बताउँछ । उनि आफुलाई इन्स्टामा प्राय अपडेट गर्छिन् । केहि समय अगाडी अनुपसँगको सम्बन्धको बारेमा नबोल्ने शुभेच्छा पछिल्लो समय भने इन्स्टामा खुल्ने गरेकी छिन् । त्यसो त माया गर्ने उमेर यही हो । अहिले नगरे कहिले गर्ने ? होइन त शुभेच्छाजी ?










