जेठ १७ मा ‘कुम्भ करण’

फिल्म । लामो समय पोष्ट प्रोडक्सनमा अड्किएको फिल्म ‘कुम्भ करण’ को रिलिज मिति तय गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पटक-पटक रिलिज मिति फेरबदल हुदै आएको यस फिल्मले आफ्नो नया रिलिज मिति जेठ १७ लाई तय गरेको छ । गौरव पहारी, भोलाराज सापकोटा, निशा अधिकारी र अभय बरालको मुख्य भूमिका रहेको फिल्मलाई दिपक ओलीले निर्देशन गरेका छन । यसमा आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा लगायतका कलाकारको पनि अभिनय छ ।

चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेतको लगानी रहेको फिल्म आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । यसलाई रिच इन्टरटेनमेन्ट अन्तर्गत करण श्रेष्ठले वितरण गर्दैछन् । उनले फिल्म अब तोकिएकै समयमा दर्शक माँझ पुग्नेमा विश्वस्त रहन आग्रह गरे ।

Facebook Comments