ओटीटी । भारतीय कमेडियन कपिल शर्माको लोकप्रिय कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को चौथो सिजन आउने भएको छ । नेटफ्लिक्स इन्डियाले टिजर भिडियो सार्वजनिक गर्दै नयाँ सिजनको मिति घोषणा गरेको हो ।
शो ओटीटी प्लेटफर्म नेटफ्लिक्समार्फतै प्रसारण हुनेछ । सार्वजनिक जानकारी अनुसार आगामी डिसेम्बर २० देखि हरेक हप्ता शो नेटफ्लिक्समा स्ट्रिम हुनेछ ।सार्वजनिक टिजरमा कृष्णा अभिषेक र किकु शारदा आफ्नो पहिल्यै परिचित रमाइलो शैलीमा प्रस्तुत भएका छन्।
टिजरअनुसार चौथो सिजनमा नवजोत सिंह सिद्धू, सुनिल ग्रोवर, अर्चना पुरन सिंह, कृष्णा अभिषेक, किकु शारदालगायत कलाकारहरू सहभागी रहनेछन् । उनीहरूले आफ्ना फरक-फरक कमेडी शैलीमार्फत दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्











