फिल्म। चलचित्र कलाकार सङ्घले संविधानविद् डा. भीमार्जुन आचार्य, दन्त विशेषज्ञ डा. सुवास घिमिरे र समाजसेवी श्याम खड्कालाई मानार्थ सदस्यता प्रदान गरेको जानकारी गराएको छ । अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको वैठकले संघको विधानको परिच्छेद २ को २ (क) अनुसार फिल्म क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष योगदान पुर्याएबापत सदस्यता प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ-आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने गरेको जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्










