महेशसँग अस्मिताले गरिन् इन्गेजमेन्ट

सङ्गीत । प्रेम सम्बन्धमा रहेका गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । एक सांगीतिक कार्यक्रमको लागि यूएइको दुबई पुगेका उनीहरुले इन्गेजमेन्ट गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । विश्वकै अग्लो टावर बुर्ज खलिफाको अगाडि बसेर उनीहरुले एक अर्कालाई इन्गेजमेन्टको औठी लगाइदिएका थिए ।

गायिका अधिकारी र गायक काफ्लेले दुई आत्मा एक भएको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्