फिल्म । फिल्म ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक गरिएको लिरिकल गीत ‘फेरि भेट होला नहोला’ बोलको रहेको छ । सार्वजनिक गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ । सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ ।
परिच्छेद सेनले निर्देशन गरेको फिल्ममा बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । यसले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् ।
अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौड्याल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।










