महादेवको ‘जोकर’ फागुनमै

फिल्म । चैत्र १ मा रिलिज हुने भन्दै प्रचारप्रसारमा रहेको फिल्म ‘जोकर’ले रिलिज प्रि-पोण्ड गर्दै फागुनमै रिलिज हुने भएको छ । वितरक करण श्रेष्ठ क्रेजीले फिल्म फागुन ३ मा रिलिज हुने बताए । ‘उक्त डेटमा एकसाथ धेरै फिल्म भएपछी हामीले रिलिज फागुनमै गर्ने निर्णय गरेका छौ’ करण भन्छन् ‘फिल्म फ्यामिली इन्टरटेनमेन्ट छ , यसलाई सबैले रुचाउनु हुन्छ ।’

याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ अर्थात जोकर फिल्मको लेखन विशेष पन्तले गरेका हुन् । यसमा सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ । फिल्मलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्