फिल्म । निर्देशक तथा निर्माता सुदर्शन थापाले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘रावायन’ को प्रदर्शन तय गरेका छन् । उनले फागु पुर्णिमाको अवसर पारेर फिल्म आउँदो वर्ष विसं २०८१ को भदौ २१ मा हुने घोषणा गरेका छन् । अर्थात् फिल्मको छायांकन चैतको तेस्रो साताबाट सुरु हुँदैछ । उनले सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त प्रस्तुतीमा फिल्म बन्ने जानकारी दिए ।
फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्शन रहने छ ।
कमेन्ट गर्नुहोस्










