फिल्म । भारतीय अभिनेत्री रश्मिका मन्दनाको सुन्दरताको चर्चा हुने गरेछ । गुगलबाट ‘नेसनल क्रस’को उपाधि पाएकी रश्मिकालाइ गीता गोविन्दम फिल्मले अगाडी ल्यायो । फिल्मको गीत हिट हुँदा उनको सुन्दरताको पनि उत्तिकै चर्चा भयो । त्यसपछी आएको फिल्म ‘डियर कमरेड’ उनलाई अझै अगाडी बढायो । यी फिल्महरुले उनको क्रेजलाई साउथ इन्डियाबाट बलिउड हुँदै विश्वभर रहेका भारतीय फिल्म प्रेमी माँझ पुर्यायो ।
यिनै रश्मिका सन् २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन् । बैगलोर टाइम्सले उनलाई यो उपाधि दिदै घोषणा गरेको हो । कन्नड फिल्म ‘किरिक पार्टी’बाट २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकामा इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् । सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ उनको बलिउड डेब्यू फिल्म रहनेछ भने उनले यही साल मात्र अमिताभ बच्चनसँग ‘गुडबाई’मा पनि काम गर्नेछिन् । (एजेन्सी)