‘प्रसाद २’ मा बढ्न थाले दर्शक

फिल्म। प्रदर्शनरत फिल्म ‘प्रसाद २’ मा दर्शक बढ्न थालेका छन्। गत वैशाख १५ गतेबाट प्रदर्शनमा आएको फिल्मको अकुपेन्सी सोमबार शुक्रबार भन्दा उच्च रहेको निर्माण पक्षले जानकारी दिएका छन्। प्रिमियरमार्फत नै सकारात्मक प्रतिक्रिया बटुलेको फिल्म हेर्न सार्वजनिक प्रदर्शनीमा पाईरहेको प्रतिक्रियाको कारण दर्शक बढिरहेको बताइएको छ।

सुभषा थापाको प्रस्तुतिमा तयार भएको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको यो गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । सुशिल पौडेलले फिल्मको कथा लेखेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन बस्नेतको लगानीमा तयार भएको ‘प्रसाद’ को सिक्वेलको रुपमा तयार भएको फिल्मलाई सुदर्शनले समाजमा देखिएको जातिय विभेदमाथि निर्माण गरेका छन् । फिल्मलाई गोपालकाजी कायस्थले वितरण गरेका हुन्।

कमेन्ट गर्नुहोस्