‘कालीगड’ बनिन् बेनिशा

सङ्गीत । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन् । गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो ।

‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ। आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् । भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्