रामकृष्णले ल्याए देशभत्तिको गीत (भिडियो)

254 Shares

संगीत । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको नयाँ देशभत्तीको गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको गीतमा गीतकार उमेश प्याकुरेलको रचना र सरोज प्याकुुरेलको संगीत रहेको छ । रामकृष्ण ढकालको स्वरमा हरेक वर्ष देशलाई स्मार्पित गीत आउने गरेको छ । यसै शिलशिलामा यस वर्ष ‘रुपमा साह्रै सुन्दरछिन्’ बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा देशको सुन्दरता र बहुमुल्य जडिबुटीलाई सम्बोधन गरेर गीतकार प्याकुरेलले तयार गरेका छन् । भिडियोलाई स्टुडियोमै रेकर्डिङको क्रममा तयार पारिएको हो । गीतमा सुरेन्द्र श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् भने यसमा मनोहर सुनामको एरेन्ज रहेको छ ।

Facebook Comments